सुनको मूल्यमा गिरावट, तोलामा तीन सय कम

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५९ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले घटेर ५९ हजार तीन सय रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ८४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ५८५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पँच रुपियाँले बढेर सात सय २५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २१ रुपियाँ ५० पैसा कायम गरेको छ ।