छिमेक लघुवित्तको १७औँ  एजीएम बैशाख ३० गते

Advertisement

काठमाडौं । छिमेक लघुवित्तले १७औँ वार्षिक साधारण सभा (एजीएम) बैशाख ३० गते सोमबार आहवान गरेको छ । लघुवित्तले साधारण सभा हेटौडा स्थित होटल सामताको सभाहलमा बिहानको १०ः३० बजे बोलाएको हो ।

१७औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट हाल कायम चुक्ता पूजीको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छ ।

हाल चुक्ता पूँजी एक अर्ब रुपियाँ चुक्ता पूँजी रहेको लघुवित्तको १८ करोड रुपियाँ बराबरको १८ लाख कित्ता बोनस शेयर वितरण पश्चात एक अर्ब १८ करोड रुपियाँ चुक्ता पूँजी पुग्नेछ ।

साधारण सभाका लागि लघुवित्त कम्पनीले बैशाख १६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । यसअनुसार बैशाख १५ गते आइतबारसम्म कायम रहने छिमेकका शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

यस्तै सभाले लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरुको बैठक भत्ता वृद्धि लगायत समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्नेछ ।

Advertisement

Advertisement

Advertisement