प्रयास नेपालसँग सम्बन्ध मजबूत बनाउँदै हिमालय एयरलाइन्स्

Advertisement

काठमाडौं । नयाँ बर्ष २०७६ को उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको नेपाली निजी विमान कम्पनी हिमालय एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलमार्फत अनाथ तथा विपन्न बालबालिकाको उत्थानका लागि प्रयास नेपाललाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने घोषणा गरेको छ । एअरलाइन्स्ले २०अप्रिल २०१९ मा प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार नयाँ शैक्षिकसत्र २०७६ मा पनि प्रयास नेपालमा रहेका बालबालिकाका निम्ति शैक्षिक तथा खाजाका सामाग्रीहरु उपलब्ध गरेको छ । प्रयास नेपालले हाल ३२ जना अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ, जसमध्ये २ जना अझ विशेष आवश्यकताका बालबालिका रहेका छन् । केही बर्ष यता यी बालबालिकाहरुले शैक्षिक क्षमता तथा नाचगान, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा आफूलाई उत्कृष्ट सावित गर्दै आएका छन् ।

बालुवाटार स्थित आफ्नै प्रांगणमा विद्यार्थीले गरेको मनोरञ्जनात्मक प्रर्दशनलाई हिमालय एअरलाइन्स्का सुन चेङ्ग–उपमहाप्रबंधक, उज्ज्वला दली–प्रमुख, ब्राण्ड तथा सेवा सुधार विभाग तथा अन्यअधिकारीहरुले हृदयदेखि नै स्वागत गरेका छन् ।

उक्त कार्यक्रममा दलीले मन्तव्य व्यक्त गर्दै भनिन्– ‘सामाजिक उत्तरदायी भूमिकामा रहनु हिमालय एअरलाइन्स्को प्रमुख प्राथमिकता हो । संस्थागत सामाजिक उत्तरदायित्वको पहल मार्फत बालबालिकाको गुणस्तरीय शिक्षाका निम्ति सहयोग र प्रोत्साहन गर्ने क्रियाकलाप सञ्चालन गर्न हाम्रो भिन्न पहिचान र क्षमतालाई बढी भन्दा बढी उपयोग गर्न चाहन्छौं । हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व नीतिबाट निर्देशित यी पहलहरु ‘आगामी पिंढीको उज्ज्वल भविष्य’भन्ने नारालाई अझ सुदृढ बनाउने योजनामा आधारित छन् । हामी शिक्षालाई निकै महत्वपूर्ण मान्छौं । यो सानो कदमले यी बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न सकारात्मक प्रभाव पार्न सक्ने यस एयरलाइन्सले विश्वास गर्दछ ।’’

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगष्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको एक निजी एअरलाइन्स् कम्पनी हो । अहिले हिमालय लएयरलाइन्सले अबुधाबी, दमाम, दोहा, दुबई र क्वालालम्पुरमा उडान सेवा भर्दै आएको छ । यी गन्तव्य स्थलहरुमा ८ प्रिमियम इकोनोमीक्लास र १५० इकोनोमीक्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयर क्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

उडानमा समय व्यतित गर्न तथा मनोरञ्जन गराउनका निम्ति सिनेमा, संगीत, विभिन्न टेलिभिजन कार्यक्रमतथा डकुमेन्ट्रीहरु समेतको सुविधा उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त पढ्नका लागि डाँफे पत्रिका समेत उपलब्ध गराउने गरेको छ । ‘अथिति देवो भवः’ग्राहक नै भगवान भन्ने नेपाली परम्परालाई मनन् गर्दै यात्रुलाई उच्च नेपाली आतिथ्यता प्रदान गर्न हरपल संघर्षरत रहने एयरलाइन्सले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement