किर्तिपुर र भक्तपुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं। प्रभु बैंक लिमिटेडले काठमाडौं र भक्तपुरमा आफ्नो नयाँ दुई शाखा शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले भक्तपुरको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो ।

शाखाको उद्घाटन गर्दै संघीय सांसद महेश बस्नेतले बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

त्यस्तै बैंकको  कीर्तिपुर शाखाको उद्घाटन गर्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए। उनले नगरबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आर्थिक क्रियाकलाप बैंकिङ प्रणाली मार्फत गरी गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement