धनगढी विमानस्थल वैशाख २२ देखि एक महिना बन्द हुने

Advertisement

कैलाली । त्रिभुन अन्तरार्ष्ट्रिय विमानस्थलपछि लामो धावन मार्ग रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ । विमानस्थलमा बिहीबार बसेको बैठकले धावन मार्ग कालोपत्रेका लागि विमानस्थल वैशाख २२ गतेदेखि जेष्ठ २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो। विमानस्थलमै बसेको बैठकले विमानस्थल बन्द गर्ने निर्णय गरेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा अब धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २।२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ । विमानस्थलको कालोपत्रे ओभरलेयरको काम सामान्यतया १० वर्षमा गर्नुपर्ने हुन्छ । तर धनगढी विमानस्थलमा भने झन्डै १४ वर्षपछि कालोपत्रे सुधारको काम गर्न लागिएको हो ।

Advertisement

Advertisement

Advertisement