नेपाल एग्रो लघुवित्तको आईपिओ मंगलबार बाँडफाँड हुने

Advertisement

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपिओ वैशाख १७ गते मंगलबार बिहान ९ बजे बाँडफाँड हुने भएको छ। लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा उक्त आईपिओ बाँडफाँड हुनेछ।

आईपिओमा कूल ३ लाख १५ हजार ६३० आवेदन परेकोमा ७०५ आवेदनबाट परेको १४ हजार २६० कित्ताको आवेदन रद्ध भएको नेपाल एसबिआई मर्चेन्टले जनाएको छ । जसमा तीन लाख १४ हजार ९२५ आवेदकबाट परेको ६३ लाख ८८ हजार १३० कित्ताको आवेदन सदर भएको थियो।

बिक्री प्रबन्धकका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उक्त आईपिओ बाँडफाँड हुनेछ। यसअनुसार १५ हजार १२० आवेदकले मात्र गोलाप्रथाबाट उक्त शेयर प्राप्त गर्नेछन्। यो बैध आवेदकको ४.८० प्रतिशत मात्र हो। बैध आवेदकको ९५.२० प्रतिशत अर्थात दुई लाख ९९ हजार ८०५ आवेकदको हात खाली हुनेछ।

कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ अंकित दरमा एक लाख ५१ हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कूल एक लाख ६१ हजार ७७८ कित्ता आईपिओ निष्काशन गरेको कम्पनीले २४ सय ८९ कित्ता लघुवित्तका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

नेपाल एग्रोको आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेको थियो। आईपिओमा कूल ३ लाख १५ हजार ६३० वटा आवेदनबाट ६४ करोड २ लाख ३९ हजार रुपियाँ बराबरको ६४ लाख २ हजार ३९० कित्ताको माग आवेदन परेको हो।

Advertisement

Advertisement

Advertisement