युनियन हाइड्रोको आईपीओ बाँडफाँड, आवेदकले कति पाए त सेयर ?

Advertisement

काठमाडौं । यूनियन हाइड्रो पावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले बिहीबार आवेदन गर्ने सबैलाई माग अनुसार शेयर बाँडफाँड गरेको लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले आवेदन दिने सबैलाई सेयर दिँदै सेयर बाँडफाँड गरेको हो ।

 

Advertisement

Advertisement