बेथानचोक–काठमाडौं सिधा बस सेवा सञ्चालन

Advertisement

काठमाडौं । बेथानचोकदेखि काठमाडौंको रत्नपार्कसम्म बस सेवा सञ्चालनमा आएको छ । सार्वजनिक नेपाल यातायात प्रालिले यो रुपमा बस सेवा सञ्चालन गरेसँगै यातायात सेवाको असुविधा भोग्दै आएका बेथानचोक र यस वरपरका वासिन्दालाई राहत मिल्ने भएको छ ।

यात्रुहरुको सहजतालाई ध्यानमा राखेर बेथाञ्चोक गाउँपालिकाले बस सेवा सञ्चालन गर्न पहल परेको हो । अब काठमाडौंबाट सिधै बेथानचोक पुग्न सहजै बस पाइने छ । नेपाल यातायातले शुक्रबारबाट बस सेवा निरन्तररुपमा सञ्चालन गर्ने जनाएको छ ।

बस छुट्ने समय र स्थान यस्तो छः
बस छुट्ने स्थान ढुंखर्क गेल्डुङ
बिहानः ७ः३०, बिहानः १०ः३०, दिउँसोः २ः३०, साँझः ५ः३०
बस छुट्ने स्थान काठमाडौं, पुरानो बसपार्क
बिहानः ७ः०० बजे, बिहानः ११ः०० बजे, दिउँसोः २ः०० बजे, साँझः ५ः३० बजे

Advertisement

Advertisement

Advertisement