नेपाल बंगलादेश बैंकको खुद नाफामा ५४ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब १४ करोड खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड ८० लाख रुपियाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको खुद नाफामा साढे ५४ प्रतिशतभन्दा धेरै बढेको देखिएको हो ।

चैत मसान्तसम्म बैंकले ५६ अर्ब ६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ५२ करोड रुपियाँ कर्जा लगानी गरेको छ । बैंकले २ अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ । एक वर्षको अवधिमा बैंकको वितरण योग्य नाफा भने ६० करोड २५ लाख रुपियाँ मात्र छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपियाँ छ । बैंकको जगेडा कोषमा तीन अर्ब ८९ करोड रुपियाँ सञ्चित छ ।बैंकको निष्कृय कर्जा गत आर्थिक वर्षको चैतमा १.७७ प्रतिशत रहेकामा अहिले १.८६ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपियाँ ८२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपियाँ १० पैसा छ ।

Advertisement

Advertisement

Advertisement