बुटवल पावरको नाफामा १३.९० प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ७५ करोड ८ लाख रुपियाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यसै अवधिमा एक करोड २८ लाख वित्तीय आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ५९ लाख रुपियाँ वित्तीय आम्दानी गरेको छ । नाफा गत वर्षको यसै अवधिमा भन्दा १३.९० प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पुँजी गत वर्षको यसै अवधिमा भन्दा ३४.७९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपियाँ पुगेको छ ।

बुटवलको जगेडा कोष ५.१० प्रतिशतले घटेर ४ अर्ब ३६ करोड १६ लाख २८ हजार रुपियाँ पुगेको छ । गत वर्ष यसै अवधिमा जगेडा कोष ४ अर्ब ५९ करोड ६४ लाख ६८ हजार रुपियाँ पुगेको थियो ।

त्यसैगरी, बुटवलले विद्युत बिक्रीबाट आम्दानी न्यून मात्रै वृद्धि गरेको छ । यसले गत वर्षको यसै अवधिको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानी ०.३६ प्रतिशतले बढाएर ५२ करोड ९७ लाख ९९ हजार रुपियाँ पुर्याएको छ । कम्पनीले गत वर्ष यसै अवधिमा विद्युत बिक्रीबाट ५२ करोड ७८ लाख ८५ हजार रुपियाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानीमा भने गत वर्षको यसै अवधिको तुलनामा ५ रुपियाँ ६४ पैसाले गिरावट देखिएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३१ रुपियाँ ७ पैसा रहेको थियो । बुटवलको प्रतिसेयर नेटवर्थ यस अवधिमा २७८ रुपियाँ ७१ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement