१० जलविद्युत् कम्पनीको वित्तीय विवरण सार्वजनिक: सबैभन्दा बढी चुक्ता पुँजी बुटवल पावर कम्पनीको

Advertisement

काठमाडौँ । विभिन्न १० जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको नौ महिनाको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी बुटवल पावर कम्पनीको रहेको छ । यो कम्पनीको चुक्ता पुँजी गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा ३४ दशमलव ७९ प्रतिशतले बढेर दुई अर्ब ४४ करोड पाँच लाख ५५ हजार रुपियाँ पुगेको छ । अरु कम्पनीमा चिलिमे हाइड्रोपावरको १९ दशमलव ९९ बढेर चार अर्ब ७५ करोड ८१ लाख ३५ हजार, नेसनल हाइड्रोपावर एक अर्ब ३८ करोड ५९ लाख ११ हजार र सानिमा माईको दुई अर्ब ३२ करोड १० लाख पुगेको छ ।

Advertisement

चिलिमे हाइड्रोपावर चार अर्ब ५१ करोड छ लाख ९८ हजार, रिडी हाइड्रोपावर दुई करोड ९६ लाख, छ्याङदी हाइड्रोपावर एक करोड ४१ लाख २७ हजार ७६१, बुटवल पावर कम्पनी चार अर्ब ३६ करोड १६ लाख २८ हजार, कालीका पावर ४१ लाख ७० हजार ३३१ पुगेको छ । सिनर्जी पावर कम्पनी को १२ करोड २३ लाख ७९ हजार ३५१ र नेसनल हाइड्रोपावरको ४१ करोड ३० लाख पाँच हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी वरुण हाइड्रोपावरले २५ करोड ५१ लाख ५० हजार, रिडी हाइड्रोपावरले ५३ करोड ११ लाख १८ हजार, छ्याङदी हाइड्रोपावरले २७ करोड, कालिका पावरले ६० करोड, सिनर्जी पावर कम्पनीले ७० करोड चुक्ता पुँजी पुर्‍याएका छन् ।
जगेडाकोषको आधारमा बरुण हाइड्रोपावरको ४२ दशमलव ४९ प्रतिशतले बढेर २ करोड ५३ लाख ७९ हजार र सानिमा माइको चार दशमलव ८८ प्रतिशतले बढेर ४६ करोड ३५ लाख २० हजार पुगेको छ ।

तेस्रो त्रैमासको खुद नाफा (रु. हजारमा)

कम्पनीको नाम २०७५÷७६ २०७४÷७५ थप÷घट चिलिमे हाइड्रोपावर ५४३,६६९ ६५८,५१७ –१७.४४ नेसनल हाइड्रोपावर २,२१९ २३,८२७ –९० सानिमा माई २२९,३८१ २०२,००५ १३.५५ बरुण हाइड्रोपावर (२,१५४) (५,५४५) – रिडी हाइड्रोपावर ७,६५१ ७,२१८ ५.९९ अरुण भ्याली ४१,७४४ २३,९१९ ७४.५२ छ्याङदी हाइड्रोपावर १४,१२७.७६१ ५,२४१.९६० १६९.५१ बुटवल पावर कम्पनी ७५०,८७३ ६५९,२१४ १३.९० कालीका पावर १२५,२९४ ११८,०५८ ६.१२ सिनर्जी पावर कम्पनी (१२२,३७९.३५१) (१३०,६०८.९९३) ६.३०

Advertisement

Advertisement