अजोड इन्स्योरेन्सको शाखा नारायणगढमा

Advertisement

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा विस्तार गरेको छ । अजोडले मंगलबार नारायणगढमा औपचारिक रुपमा शाखाको उद्घाटन गरेको हो ।

नारायणगढ शाखा प्रमुख अच्युत रिजालले विगत एकवर्षदेखि सेवा दिँदै आएको इन्स्योरेन्स कम्पनी कृषि, पर्यटन, उद्योगलगायतका विभिन्न कम्पनीहरूको साथ र सहयोगबाट नारायणगढसम्म आइपुगेको बताए ।

कम्पनीले छोटो समयमै ५ वटा क्षेत्रीय कार्यालय र चारवटा कृषि तथा पशु बिमा शाखा सहित २३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । यही आर्थिक वर्षभित्र चितवनको रत्ननगर, दमक, सिमरा, टिकापुर र पश्चिम रुकुममा समेत शाखा कार्यालय खोल्ने तयारी भइरहेको जनाईएको छ ।

Advertisement

Advertisement