साताको अन्तिम दिन सेयर बजारमा गिरावट, शिवमको सेयरमा भने एकैनाशले उच्च वृद्धि जारी

Advertisement

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट भएको छ । आज सेयर बजार परिसुचक नेप्से दुई दशमलव २९ अंकले घटेर एक हजार ३१८ कायम भयो भने बुधबार एक अर्ब ३३ करोडको सेयर कारोबार भएकोमा आज घटेर ९४ करोड ७६ लाख रुपियाँको कारोबार भयो ।

सेयर बजारमा गिरावट भए पनि शिवम सिमेन्ट्सको सेयरमा भने उच्च वृद्धिदर कायम रह्यो । लामो समयदेखि लगाताररुपमा उच्च दरले कारोबार गर्दै सेयर मूल्य वृद्धि हुँदै गएको यस कम्पनीको सेयर आज पनि १० प्रतिशतले बढ्यो भने १३ करोड ४१ लाख रुपियाँको कारोबार भयो । आज धेरै गुमाउनेमा चाहीं कृषि विकास बैंकका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement