कर छलेको भन्दै युनाइटेड डिष्ट्रिब्यूटर्स, अम्बे ट्रेडर्स, पतन्जलीसहित ४९ कम्पनीको नाम सार्वजनिक

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास परिक्षण कार्यालयले भन्सार महशुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेको भन्दै नाम चलेका कम्पनीसहित ४९ कम्पनीको नाम सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएका कम्पनीहरुमा नेपालको प्रतिष्ठित व्यवसायिक घराना विशाल ग्रुपअन्तर्गतको युनाइटेड डिष्ट्रिब्यूटर्स नेपालदेखि योग गुरु रामदेवले उत्पादन गर्ने आयुर्वेदिक औषधिहरु बिक्री गर्ने पतन्जली आयुर्वेदसम्मको नाम छ । त्यस्तै अम्बे समूहको अम्बे ट्रेडर्स, क्वालिटी कम्फेक्सनरी सहित नाम चलेका कम्पनीहरुको नाम सुचीमा रहेको छ ।

युनाइटेड डिष्ट्रिब्यूटर्सले हर्लिक्स, भीभा, बुस्ट, चोको पाई, तुथपेष्ट जस्ता दर्जनौ भारतीय उत्पादनहरु नेपालमा अबौं रुपियाँको बिक्री गर्ने गरेको छ । त्यस्तै पतन्जलीले पनि आयुर्वेदिक भनेर करोडौं रुपियाँका दर्जनौ उत्पादनहरु नेपालमा बिक्री गर्दै आएको छ । आयुर्वेदिक भनेकाले नै उपभोक्ताको आकर्षण यसप्रति बढेपछि युनिलिभरका उत्पादनहरुको बिक्रीमा निकै कमीसमेत आएको छ ।

Untitled

Advertisement

Advertisement

Advertisement