हिमाल दोलखा हाइड्रोले जेठ १४ गतेदेखि आईपीओ जारी गर्ने

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले यहि जेठ १४ गतेदेखि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १६ करोड रुपियाँ बराबरको १६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि सेयर निष्काशन गरिएको उक्त आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर ९, १० र माई नगरपालिका वडा नम्बर ९ तथा इलाम जिल्लामा बसोबास गर्ने नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले जारी पूँजीको ४८.७५ प्रतिशत अर्थात ७८ करोड रुपियाँ बराबरको ७८ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

उक्त आइपिओको निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपियाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीले निष्काशन गर्ने आईपीओमा जेठ २८ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो समयमा आवश्यक आवेदन नपरेको खण्डमा भने असार १३ गतेसम्म उक्त आईपीओ खुला रहनेछ ।

आईपीओमा सि आश्वाको साथै इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरु, लक्ष्मी बैंक चोकबजार, एभरेष्ट बैंक फिक्कल, सेञ्चुरी बैंक भानुपथ, ग्लोबल आईएमई फिक्कल र आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट उक्त आईपिओ भर्न सकिनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको उक्त आईपीओलाई केयर नेपाललले आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

पहिलो चरणमा स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको शेयर बाँडफाँड पश्चात कम्पनीले सर्वसाधारणमा ६२ करोड रुपियाँ ६२ लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

हिमालका दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख अर्थात ७२ करोड ५१ लाख ४९ लाख र माई खोला स्मल क्यास्केड हाइड्रोपावर १७ करोड ८० लाख ८७ हजार अर्थात एक अर्ब ४२ करोड लागतमा निमार्ण सम्पन्न हुनेछ ।

दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्नेछ । माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ ।

कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रुपियाँ छ । आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।कम्पनी चालु आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ७ रुपियाँ ५६ पैसा आम्दानी गर्ने र आव २०७६/७७ मा सञ्चित नोक्सानी सकिएर ८ करोड ६३ लाख सञ्चित मुनाफामा पुग्नेछ ।

Advertisement

Advertisement