मोदीको सपथ ग्रहणमा नेपालका धनाड्य विनोद चौधरीलाई पनि निम्तो

Advertisement

काठमाडौं । लोकसभा निर्वाचनमा विजयी भएपछि दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हाल्न लागेका नरेन्द्र मोदीले आफ्नो सपथ ग्रहण समारोहमा नेपालका धनाड्य विनोद चौधरीलाई पनि निम्तो पठाएका छन् ।

निम्तो आएसँगै चौधरी समूहका अध्यक्ष चौधरी दिल्ली प्रस्थान गरेका छन् । मोदीको बिहीबार सपथ ग्रहण कार्यक्रम छ । कार्यक्रममा भाग लिन प्रधानमन्त्री केपी ओली पनि आजै दिल्ली जाँदै छन् । आफ्नो सपथ ग्रहणमा विम्स्टेक सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाएका मोदीको बेलुकी ७ बजे सपथग्रहण गर्ने कार्यक्रम छ। मोदीका मन्त्रीहरुले पनि आजै सपथ लिनेछन्।

मोदीसहित भारतीय नेताहरुसँग राम्रो सम्वन्ध बनाउन सफल नेपालका एक मात्रै फेब्स बिलेनियर चौधरी नेपालको संसदमा काँग्रेसको तर्फबाट सदस्य पनि छन् । उनको भारतमा पनि ठूलो व्यापार छ ।

Advertisement

Advertisement

Advertisement