बजेटको सकारात्मक प्रभावः नेप्सेमा सामान्य सुधार, शिवमको मात्रै १७ करोड माथिको कारोबार

Advertisement

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसुचक ५ दशमलव ५८ अंकले बढेर झण्डै एक हजार ३१९ कायम भएको छ भने १ अर्ब रुपियाँभन्दा बढिको सेयर कारोबार भएको छ । आज पनि शिवम् सिमेन्टस्को कारोबार बढी भएको छ ।

नेप्सेको सूचक र कारोबार दुवै उकालो लागेका छन् । बुधबार जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६र७७ को बजेटमा शेयर कारोबारमा लाग्ने लाभकर ७ दशमलव ५ प्रतिशत बाट ५ प्रतिशतमा घटाइएपछि सेयर बजार उल्लेख्य रुपमा उकालो लागेको हो ।

आज धेरै कारोबार गर्नेमा शिवम् शिमेन्ट नै अगाडी छ । जसको कारोबार १७ करोड १९ लाख ६५ हजार १४९ रुपियाँको छ भने नेपाल बैंकको नाफा १६ करोड माथिको छ । त्यस्तै, प्रभु बैंकको १० करोड माथिको कारोबार भएको छ ।

यसैको फलस्वरुप सेयर बजार खुलेको १० मिनेटमा ३५ दशमलव ६ अंकले बढेर १३४९ विन्दुमा पुगेको थियो भने १८ करोडभन्दा माथि कारोबार भएको थियो ।

वाणिज्य बैंक, म्युचल फण्ड, तथा अन्य समुहमा राम्रो सुधार आएको देखिन्छ । त्यस्तै क्रमशः वाणिज्यमा १०.९५ अङ्कको सुधार भएको छ, जीवन बीमा समुहमा ९.५४ अङ्कको सुधार र म्युचल फण्डमा ०.०७ अङ्कको सुधार आएको छ त्यसैगरी, अन्यमा २.०७ अङ्कको सुधार देखिन्छ ।

वर्षभरि नै अर्थमन्त्री खतिवडा र धितोपत्र बोर्डलाई गाली गरेका शेयर दलाल तथा व्यापारीहरुले हिजो प्रस्तुत बजेटको भने खुुलेर प्रशंसा गर्न भ्याए । यसको प्रमुख कारण लाभकरको दर घट्नुलाई नै मान्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement