बजारमा नक्कली नोट देखिन थाल्यो, राष्ट्र बैंक भन्छ– नक्कली र सक्कली यसरी चिनौँ

Advertisement

काठमाडौं । बजारमा नक्कली नोटको कारोबार बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले नोट पहिचान गर्ने उपाय सिकाएको छ । नेपाल राष्ट्र वैंकले सोमबार सर्वसाधारणलाई सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस्‌ भन्ने उद्देश्यले १००, ५०० र १००० दरका नोटमा रहेका विशेषता सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ।

सक्कली नोटमा विशेष सुरक्षा अपनाइएको हुनाले यस्ता नोट सहजै छुट्याउन सकिने राष्ट्र राष्ट्र बैंकले जनाएको छ। आम सर्वसाधारणलाई सक्कली नोट सहजै पहिचान गर्न तथा सक्कली नोटका विशेषताहरूका वारेमा जानकारी होस भनेर बैंकले यस्तो उपाय सार्वजनिक गरेको हो । एक हजारदरका नोट दृष्टिविहिनले पनि सहजै छामेर पहिचान गर्न सक्छन् ।

note

Advertisement

Advertisement

Advertisement