नेपाल पुनर्बीमा कम्पनीको आईपीओ निष्काशन अन्तिम तयारीमा

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपियाँ बराबरको साधारण सेयर (आईपिओ) निष्काशनका लागि तिब्र तयारी गरेको छ । कम्पनीले यही जेठ ३१ गते हुने साधारणसभा सकिएपछि एक करोड ६० लाख कित्ता आईपीओ बिक्री प्रक्रिया पुरा गर्न धितोपत्र बोर्डमा निवेदन दिईने जनाईएको छ ।

कम्पनीका अनुसार कम्पनीले निष्काशनका लागि बीमा समितिबाट अनुमति लिने र सेयर निष्काशक तथा बिक्री प्रबन्धकको नियुक्ति लगायतको काम सकिएको छ भने सेयरको रेटिङ गराउने कार्य प्रक्रियामा रहेको छ ।

कम्पनीले सेयर निष्काशनका लागि आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।साधारण सभा सकिएपछि कम्पनी रजिष्ट्रार र धितोपत्र बोर्डबाट स्वीकृतिको लागि प्रकृया अघि बढ्नेछ भने बोर्डबाट अनुमति पाए लगत्तै सर्वसाधारणमा आईपिओ जारी हुने कम्पनीले जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व, जारी पूँजी १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ । सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement