सिद्धार्थ इन्सुरेन्सको एजीएम असार १३ गते, जेठ ३० गतेदेखि बुक क्लोज

Advertisement

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले असार १३ गते साधारण सभा (एजीएम) आह्वान गरेको छ। इन्स्योरेन्सले आर्थिक वर्ष २०७४र०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १५.४८ प्रतिशत बोनस लाभांश पारित गर्न १७औं वार्षिक साधारण सभा बोलाएको हो।

इन्सुरेन्सले २०७४र७५ को वर्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने मुख्य एजेन्डा रहेका छन् । साधारण सभाले हाल कायम चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपियाँको १५.४८ प्रतिशत अर्थात १३ करोड ४० लाख रुपियाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभाका लागि जेठ ३० देखि असार १३ गतेसम्म बुक क्लोज हुनेछ ।

जेठ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउनेछन् । हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपियाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १ अर्ब रुपैपियाँ पुग्नेछ ।

इन्स्योरेन्सको जेठ २१ गते बसेको सञ्चालक समितिको १४७औं बैठकले असार १३ गते बिहान ११ बजे रसियन कल्चर सेन्टर, कमलपोखरी काठमाडौंमा साधारण सभा बोलाएको हो।

Advertisement

Advertisement