जिसस दाङले स्थानीय तहलाई ३० करोड दियो

Advertisement

दाङ । जिल्ला समन्वय समिति दाङले स्थानीय सरकारलाई ३० करोड रुपियाँ दिएको छ । तत्कालिन जिल्ला विकास समितिको खातामा रहेको सञ्चित कोषको रकममध्ये जिल्लाका दश स्थानीय तहलाई ३ करोडका दरले रकम दिएको हो ।

सरकारले सञ्चित कोषमा रहेको ३२ करोड ९८ लाख ८० हजार पाँच सय २८ रुपियाँ १९ पैसा रहेको थियो । स्थानीय तहलाई ३० करोड र बाँकी दुई करोड ९८ लाख ८० हजार रकम जिल्ला समन्वय समितिले राखेको समन्वय समितिले जनाएको छ ।

उक्त रकमलाई परिचालन गर्न कार्यविधिले नगरपालिका र गाउँपालिका भवन निर्माणमा प्राथमिकता दिएको छ । त्यसपछि वडा कार्यालयको भवनलाई राखेको छ । विद्यालयको भवन निर्माण, खानेपानी तथा पूर्वाधार विकाससँगै स्वास्थ्य चौकी र बर्थिङ सेन्टर बनाउन सकिने कार्यविधिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement