सेयर बजारमा फेरि गिरावट, कारोबार पनि घट्दै

Advertisement

काठमाडौं । बुधबार सेयर बजार स्थिर देखिए पनि बिहीबार पुनः गिरावट भएको छ । आज नेप्से परिसुचक दुई दशमलव ९२ अंकले घटेर एक हजार २६९ अंक कायम भएको छ भने ४५ करोड ६५ लाख रुपियाँको कारोबार भएको छ ।

आज होटलबाहेक बाँकी सबै समूहमा गिरावट भएको छ । यद्यपि सबै समूहको उतारचढाव न्यून छ । बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव १८ प्रतिशतले घटेको छ ।

कारोबार धेरै गर्नेमा आज सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ भने शिवम सिमेन्ट्स दोस्रो नम्बरमा रहेको छ । सगरमाथाको तीन करोडको कारोबार छ भने शिवमको दुई करोड ४६ लाख रुपियाँ छ । नाफा धेरै गर्नेमा आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement