‘सनराइज बैंकको सीईओमा 'अनक्वालिफाइड'लाई नियुक्ति गरिएकोले मैले असन्तुष्टि जनाएको’

Advertisement

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरज श्रेष्ठको नियुक्तिप्रति असन्तुष्टि जनाएका बैंक सञ्चालक समितिका एक सदस्य शैलेन्द्र गुरागार्ईंले ‘अनक्वालिफाइड’लाई नियुक्ति गरिएकाले आफूले असन्तुष्टि जनाएको बताएका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने– उहाँ क्वालिफाइड होइन् भन्ने कुरा बजारलाई पनि थाहा भएको र राष्ट्र बैंकका उच्च तहका मानिसलाई पनि थाहा भएको कुरा हो । तर पर्सनल इन्टेरेष्टमा अनक्वालिफाइड मान्छेलाई अपारदर्शी तरिकाले सीइओ नियुक्ति गरियो ।

गुरागाईंका अनुसार बैंकलाई राम्रो बनाउन विद्यमान व्यवस्थापन नै सक्षम थियो । त्यहींबाट सिइओ नियुक्त गर्न सकिन्थ्यो । बाहिरबाट ल्याउनु जरुरी थिएन् । निरज श्रेष्ठलाई नियुक्ति गर्दा सिस्टममा सुधार हुने ठाउँ छैन्, झन बिग्रिने अवस्था छ ।

उनले उक्त नियुक्तिप्रति असन्तुष्टि जनाउँदै बैंक सञ्चालक समितिदेखि राष्ट्र बैंकसम्मलाई पत्र पनि दिएका छन् । उनले सीइओ नियुक्तिको माइन्युटमा समेत असहमति लेखेका छन् । आफूले बैंकलाई राम्रो र थप प्रतिस्पर्धी बनाउनुपर्छ, सीइओ नियुक्ति जस्तो विषय पारदर्शीरुपमा गर्नुपर्छ, गुपचुप गर्न हुँदैन भनेर कुरा उठाएको बताए ।

आम सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई गुमराहमा राखेर पर्सनल इन्टेरेष्टमा सीइओ नियुक्ति गर्ने कुराले बाणिज्य बैंक जस्तो ठूलो संस्थालाई राम्रो नगर्ने भन्दै गुरागाईंले बैंकको प्रमुख कार्यकारी नियुक्ति गर्दा निजको अनुभव, कार्यक्षमता, कार्ययोजना सबै हेरेर छलफल गरेर गर्नुपर्नेमा केही नगरी नियुक्ति गर्ने तरिका ठिक नभएको बताए ।

सञ्चालक समितिको बैठकको एजेण्डामा पनि सीइओ नियुक्ति सम्वन्धमा नभई सीइओ सम्वन्धमा भनेर अमुर्त एजेण्डा बनाइएको, सीइओ नियुक्ति गर्ने व्यक्तिको बारे कुनै कागजाज पेश नगरिएको, अघिल्लो बैठकहरुमा यस विषयमा कुनै कुरा पनि नगरी एक्कासी ठाडो शैलीमा नियुक्ति गर्ने काम भएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement