बैंक वित्तीय संस्थाबाहेक अरुले वित्तीय कारोबार गरे कारवाही गर्ने राष्ट्र बैंकको चेतावनी

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय स्वीकृति नलिएरै वित्तीय कारोबार गर्ने क्रम बढेको भन्दै त्यस्तो कारोबार गर्नेलाई कारबाहीको चेतावनी दिएको छ।

राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, विद्यालय र कलेज आदिको नाममा न्यूनतम् दरमा ऋण उपलब्ध गराउने भन्दै प्रकाशित विज्ञापनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यही असार ४ गते मार्केट पर्स ग्लोबल कम्पनीले ६ प्रतिशत ब्याजदरमा पाँच अर्बसम्म ऋण दिने भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न नगराउन उसले सल्लाह दिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्ने हुन्छ । बैंक वा वित्तीय संस्थाबाहेक अन्य कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था हुँदाहुँदै उक्त व्यवस्था विपरीत कसैले ऋण दिएको पाइए कानून बमोजिम कारवाही हुने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाबाहेक कोही कसैले निक्षेप सङ्कलन र कर्जा प्रवाह गरेको पाइए कानूनबमोजिम कारवाही हुने भएकाले त्यस्तो कार्य नगर्न नगराउन आग्रह गरिन्छ ।’

Advertisement

Advertisement

Advertisement