एसईईको परीक्षाको नजिता आज, चार लाख ७५ हजार विद्यार्थी नजिता हेर्न ब्याग्र

Advertisement

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसर्इईको नतिजा असार १२ गते सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले असार ११ गते परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले असार १२ गते बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले असार १२ गते दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नअए असार १२ गते नै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement