ओपोको पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्यामेरा प्रदर्शन

Advertisement

शाङघाइ, चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शन गरेको छ । साथै, ओपो उपकरणकाबीच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज सम्मविना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटूथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियल टाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक प्रविधि पनि पहिलो पटक प्रदर्शित गरिएको छ ।

‘ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहज प्रयोग अनुभव प्रदान गर्न, उत्पादन तथा प्रविधिमा नव प्रबर्तनका लागि सदैव प्रतिबद्ध छ ।’ ओपोका उत्पादन ब्यवस्थापक काउ जियाडङले भने , ‘यूएससी र मेशटक भविस्य लक्षित ओपोका भिजनको एक अंश हो ।

यिनले औद्योगिक प्राविधिक क्रान्तिलाई शून्यबाट एक पुर्याई उत्थानमा तेवा पुर्याउने हाम्रो आशा छ । हामी हाम्रा प्राविधिक नवप्रबर्तनलाई प्रयोगका परिदृष्यहरु खुला पार्ने तथा कल्पनाको परिधि थप फराकिलो बनाउने एक सटिक माध्यमका रुपमा लिन्छौँ ।’

यूएससी नयाँ पुस्ताका स्मार्टफोन फर्म फ्याक्टरमाओपोको नौलो नवप्रबर्तन हो । फ्रन्ट क्यामेरा र स्क्रिनएकिकृत गरी यूएससीले प्रयोगकर्तालाई पूर्ण फूल स्क्रिनको अनुभवका साथै एकिकृत बडीको मज्जाप्रदानगर्ने क्षमता राख्छ । यो प्रविधिले प्रयोगकर्तालाई पूरै स्क्रिन हेर्न तथाखिच्न, तस्विर कैद गर्न, फेस अन्लकगर्नुका साथै भिडियो कल सुविधाको पनिउपयोग गर्न सकिन्छ ।

अन्डर–स्क्रिन क्यामेरा अन्तर्गत अनुकुलित क्यामेरा मोड्यूल

ओपोको नौलो अन्डर–स्क्रिन डिस्प्ले समाधानका रुपमा यूएससीले अनुकुलित क्यामेरा मोड्यूल प्रस्तुत गरेको छ । यसले धेरै प्रकास समावेस गराउनु, जोनिङ नियन्त्रणको सुविधाका साथै स्क्रिन मार्फत प्रकाश आर पार गराउन अत्यधिक पारदर्शी सामग्रीको प्रयोग गरिएको छ ।

साथै, ओपोको अनुकुलित अल्गोरिथम, हेज रिमुभल अल्गोरिथम र ह्वाइट ब्यालेन्स अल्गोरिथम मार्फत यूएससीले भविस्यमा स्मार्ट ब्यूटी मोड र फोटो फिल्टर्स लागायत फिचर्स पनि सपोर्ट गर्न सक्ने छ । नयाँ अल्गोरिथमको सहायताबाट खिचिएका तस्विर थप रंगिन र जीवन्त भएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement