स्थानीय तहमा साढे चार लाखको आवेदन

Advertisement

काठमाडौँ । स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

उनका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेशी २४ हजार ९०, दलित तीन हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् । ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो । उनका अनुसार ती आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन भएको छ ।

आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो ।

कुन प्रदेशमा कति
– प्रदेश १ मा १३० जना अधिकृत र सात जना सुब्बा
– प्रदेश २ मा १३६ अधिकृत
– प्रदेश ३ मा ११२ जना अधिकृत ७ जना नायब सुब्बा
– गण्डकी प्रदेशमा ७४ जना अधिकृत र ११ जना नायब सुब्बा
– प्रदेश ५ मा १०९ जना अधिकृत
– कर्णाली प्रदेशमा ६२ जना अधिकृत र १७ जना नायव सुब्बा
– सुदूरपश्‍चिम प्रदेशमा ८२ जना अधिकृत र ६ जना नायव सुब्बा

Advertisement

Advertisement

Advertisement