सामसङ डिजिटल प्लाजा अब ललितपुरको पुलचोकमा

Advertisement

काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले पुलचोक ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनका लागि ग्राहकको बढ्दो माग तथा स्टेट–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित गरेको हो ।

हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छा तथा सामसङ्ग प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापिठ विद्यालय तथा आजाद विद्यालयाका छात्राहरुले शोरुमको उद्घाटन गरेका हुन् ।

१५ औं वार्षिक उत्सवको अवसरमा सामसङ्ग प्लाजाले निर्मल विद्यापिठ विद्यालय र आजाद विद्यालयका ५० जना छात्राहरुलाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेशनरी उपलब्ध गराएको थियो । बालिकाहरुलाई शिक्षित बनाउन र सम्पूर्ण बालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नका लागि यो एक उत्तम कदम भएको कम्पनीले बताएको छ ।

सामसङ्ग डिजिटल प्लाजामा एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका सातवटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका सात वटा सामसङ्ग डिजिटल प्लाजा मार्फत ग्राहकलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement