राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बर्दियाको बांसगढीमा

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकको यसपछीको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताए ।

बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपियाँ कर्जा लगानी गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement