सेयर बजार घट्न रोकिएन्, मौद्रिक नीतिको झन प्रतिकुल प्रभाव

Advertisement

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम मंगलबार पनि जारी रह्यो । आज सेयर बजार परिसुचक नेप्से नौ दशमलव ३६ अंकले घटेर एक हजार २४५ दशमलव ७३ कायम रह्यो भने ४५ करोड रुपियाँको सेयर कारोबार भयो ।

बाणिज्य बैंकसहित सबै समूहमा गिरावट आउँदा नेप्सेमा झण्डै दोहोरो अंकको गिरावट भएको हो । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ८३ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, उत्पादनमूलक र लघुवित्त समूहको सुचकहरु एक प्रतिशतभन्दा बढिले घटेको छ भने बाँकीको गिरावट एक प्रतिशतभन्दा कम छ ।

आज एकै दिन कृषि विकास बैंकको आठ करोड ५४ लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ भने दोस्रोमा नेपाल बैंकको चार करोड १६ लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ । आज नाफा धेरै गर्नेमा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् ।

मौद्रिक नीतिपछि सुधार हुने अपेक्षा गरिएको बजार त्यसपछि झन उच्च दरमा गिरावट भइरहेको छ । बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम हुन नसकिरहेको बेला राष्ट्र बैंकले २५ अर्ब रुपियाँका ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्थाले गर्दा भोलिका दिनमा बजार थप गिरावट हुने भन्दै लगानीकर्ताहरु दोस्रो बजारमा लगानी गर्न हच्किएको अवस्था छ ।

Advertisement

Advertisement

Advertisement