बालुवाटारस्थित सुविसुको मुख्य कार्यालयमा भीषण आगलागी

Advertisement

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ । आज बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  प्रहरीका अनुसार पेट्रोल राखिएको स्थानबाट आगो फैलिएको हो ।

भीषण आगलागी भएको सुबिसु केबल नेटवर्कको मुख्य कार्यालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको अनुमान गरिएको छ। यो भवनमा स्याटेलाइट कक्ष र जेनेरेटरसहितका उपकरणहरू रहेका छन् । आगलागी भएको स्थानबाट नेपाल राष्ट्र बैंक र प्रधानमन्त्रीको सरकारी निवाससहितका अन्य कार्यालय पनि रहेका छन्।

आगलागी भएको स्थानमा अहिले दमकलले आगो निभाउने प्रयत्न गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement