हिमाल दोलखाको आईपीओ बाँडफाँड बिहीबार हुने

Advertisement

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ बिहिबार बाँडफाँड हुने भएको छ । बिहिबार बेलुका ४ बजे क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँड हुने बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले असार २५ देखि ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपिओ निष्काशन गरेको थियो । पछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत भर्न दिइएको थियो । सबै नबिकेपछि अन्डरराइटर समेत यो सेयर स्वीकारेका छन् । हिमाल दोलखाले सर्वसाधारणका लागि ७४ लाख ९३ हजार ७६६ कित्ता आइपीओ खुला गरेको हो ।

कम्पनीको आईपिओ ४१.३७ प्रतिशत मात्र बिकेको छ । आईपिओमा आवेदन दिने अन्तिम दिनसम्ममा कम्पनीको आईपिओमा ७२ हजार ३ सय ४५ आवेदकबाट ३१ लाख ५ सय ६० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ४१ मा पनि नविकेको शेयर संस्थापक लगानीकर्ताको एकाघार परिवार र व्यवस्थापकहरुले किन्न पाउने ब्यवस्था रहेको छ। तर संस्थापकलाई तोकेको ३ दिनको अवधिमा १ जनाको पनि आवेदन नपरेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको सेयरको लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट बैंकिंङ, बिओके क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले प्रत्याभूत गरेका थिए । अब यी कम्पनीले आफुले प्रत्याभूत गरेको शेयरको अनुपातमा बाँकि सेयर खरिद गर्नु पर्ने भएको छ ।

कम्पनीको शेयरको ३३.७० प्रतिशत नबिलले, ३२.८६ प्रतिशतले बैंक अफ काठमांडूले, २५ प्रतिशत लक्ष्मीले र ८.४२ प्रतिशत नेपाल बंगलादेश क्यापिटलले गरेका थिए । यहि प्रतिशतको आधारमा अब यी ४ क्यापिटलले बिक्रि नभएको सेयर किन्नु पर्नेछ।

हिमाल दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ ।

माई खोला स्मल हाइड्रोपावर प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ लाख र कुल लागत ७२ करोड ५१ लाख ४९ लाख रूपियाँ रहेको छ भने माई खोला स्मल क्यास्केड हाइड्रोपावर को प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार र कुल लागत एक अर्ब ४२ करोड रूपियाँ रहेको छ । दुबै आयोजनाबाट साधारण लगानी फिर्ता हुने ७ वर्ष र डिस्टकाउन्टमा लगानी फिर्ता हुने १७ वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

माई खोला स्मल हाइड्रोपावरको विद्युत उत्पादन इजाजत २४ बर्ष र माई खोला स्मल क्यास्केड हाइड्रोपावरको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी छ । हाल कम्पनीको चूक्ता पूँजी १ अर्ब ६९ करोड रूपियाँ छ । आईपीओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ४७ करोड पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement