सुनचाँदीको मूल्य प्रतितोला छ सयले बढ्यो

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ६९ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज छ सयले बढेर प्रतितोला ६९ हजार आठ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६९ हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ८४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ५९० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८३५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७१६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement