हिमालयन बैंकको २२ प्रतिशत लाभांश प्रस्ताव

Advertisement

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले २२ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले उक्त लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्नेछ । बैंकले ८५ करोड २० लाख २५ हजार ५८४ रुपियाँ बराबरको बोनस सेयर बाँड्नेछ । त्यसैगरी, १ अर्ब २ करोड २४ लाख ३० हजार ७०१ रुपियाँ नगद लाभांश वितरण गर्नेछ । अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा बैंकले ५ प्रतिशत बोनस सेयर र १०.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपियाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपियाँ पुग्नेछ ।

 

Himalayan-bank

Advertisement

Advertisement

Advertisement