लकडाउनको सकारात्मक प्रभाव वैदेशिक व्यापारमा, आयात अढाई खर्ब रुपियाँले घट्यो

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७६।७७ मा मुलुकमा अघिल्लो वर्षको तुलनामा साढे दुई खर्बको वस्तु तथा सेवाको आयात घटेको छ । कोभिड १९ को कारणले गर्दा मुलुकमा २ खर्ब ४८ अर्ब ९३ करोड ६२ लाख ९० हजार रुपियाँले आयात घटेको भन्सार विभागले सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रभावले आयात निर्यातमा कमी आउँदा समग्र वैदेशिक व्यापारमा नै कमी आएको छ ।

आर्थिक वर्ष ०७५।७६ मा १४ खर्ब १८ अर्ब ५३ करोड ५३ लाख ४३ हजार रुपियाँको वस्तु आयात भएको गएको वर्ष १५.६० प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ७९ करोड ९ लाख ५३ हजार रुपियाँको आयात भएको भन्सार विभागको तथ्याङक छ । आयातमा भएको गिरावटले गर्दा गएको वर्ष नेपालको व्यापार घाटा घटेर ११ खर्ब ६४ करोड रुपियाँ झरेको छ । अघिल्लो वर्ष १३ खर्ब २१ अर्ब ४२ करोड ५८ लाख २२ हजार रुपियाँ व्यापार घाटा रहेको थियो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले ११ चैत देखि लकडाउन गरेको थियो । त्यसबेला अत्यावश्यक वस्तुबाहेक सवै आयातमा रोक लगाइएको थियो । जसले गर्दा समग्र बैदेशिक व्यापारमा गिरावट आएको छ । व्यापार विज्ञ पुरुषोतम ओझाका अनुसार अस्वभाविक परिस्थितिले गर्दा आयात निर्यातमा कमी आएकाले समग्र अर्थतन्त्र आगामी दिनमा कसरी जान्छ भनेर अहिले यथार्थ मूल्याङकन गर्न नसकिने अवस्था छ । आगामी दिनमा आयात निर्यात गर्ने मुलुकमा कोरोनाको संक्रमणको अवस्था के हुन्छ त्यसले माग समग्र व्यापारको अवस्थालाई निर्धारण गर्ने उनको भनाइ छ ।

कारोबार दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement