काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजेशकुमार श्रेष्ठको कार्यकाल साउन २० गते पूरा भएपछि अर्को व्यवस्था नभएसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई आजैदेखि लागु हुने गरी नियुक्त गरिएको हो ।
सञ्चालक समितिको हिजो बसेको बैठकले श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिृकतको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव मुरारीराज हुमागाईँले बताए ।