भदौ ४ गतेदेखि रिलायन्स लाइफको ६३ करोडको आइपीओ, यस्तो छ कम्पनी

Advertisement

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित ६३ लाख कित्ता बराबरको ६३ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न लागेको हो । 

नयाँ जीवन बीमा कम्पनीहरुमध्ये पहिलो आइपीओ रिलायन्सले निष्कशन गर्न लागेको हो । निर्जिवन बीमा कम्पनी तर्फ अजोड इन्स्योरेन्सले आइपीओ निष्काशन गरेर पनि नेप्सेमा कारोबार हुन थालिसकेको छ । 

६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता कर्मचारी र ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ५६ लाख ७० हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याईएको छ ।  

आइपीओ निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ । रिलायन्सको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ।  कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ छ भने जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। एक अर्ब ४७ करोड रूपैयाँ संस्थापक शेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको छ भने आइपीओपछि चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

 कम्पनीको सञ्चालक समिति अध्यक्ष उद्यमी ताराचन्द केडिया छन् भने जगदिश कुमार अग्रवाल, भरत कुमार तोदी, अमित कुमार बेगानी र सुन्दर कुमार कँडेल रहेका छन् । प्रविण रमण पराजुलीले सिइओका रुपमा व्यवस्थापन समुहको नेतृत्व सम्हालिरहेका छन् ।

यस्तो छ कम्पनी
कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बीमाङकीय मूल्यांकन नगरि सार्वजनिक गरिएको चौथो त्रैमासिकको वित्तिय विवरण अनुसार कम्पनीले यो अवधीमा एक अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

Advertisement

कम्पनीले हालसम्म २ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । जसमध्ये प्रथम बीमा शुल्क नै ९५ करोड छ । सञ्चालनको तेश्रो वर्ष पुगेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ ।

रिलायन्सको जगेडा कोषमा १४ करोड र जीवन बीमा कोषमा एक अर्ब १४ करोड रुपैयाँ रहेको छ । एक सय वटा शाखाबाट १३ वटा बीमा पोलिसी बिक्रि गरिरहेको कम्पनीमा २ सय २० जना कर्मचारी छन् ।
 

 

Advertisement

Advertisement