प्रभु बैंकको नाफा १३६ करोड, लगानीकर्तालाई १०.४७ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७६।७७ मा एक अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले आर्जन गरेको यो नाफा आव २०७५।७६ को भन्दा ४२ करोड रुपैयाँ अर्थात २३.५९ प्रतिशतले कम हो । सो आवमा बैंकले एक अर्ब ७८ करोड रुपैयाँ  नाफा आर्जन गरेको थियो । 

प्रभुको वितरण योग्य नाफा भने एक अर्ब ८ करोड रुपैयाँ रहेको छ । १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्तालाई १०.४७ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । प्रभु बैंकको जगेडा कोषमा चार अर्ब १८ करोड रुपैयाँ रहेको छ । 

प्रभुले कोरोना महामारीका बीच पनि निक्षेप संकलन र कर्जा लगानी विस्तारमा भने राम्रै नतिजा ल्याएको छ । बैंकले गत आवमा एक खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ जुन आव २०७५।७६ मा एक खर्ब ५ अर्ब मात्रै थियो । त्यस्तै, कर्जा लगानी तर्फ ९९ अर्ब पुर्याएको छ जुन अघिल्लो आवमा ८५ अर्ब रुपैयाँ मात्रै थियो । 

बैंकले गत आवमा चार अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । प्रभुको प्रति सेयर आम्दानी १३.९३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५१.२९ रुपैयाँ छ । 
बैंकको स्प्रेड दर ३.५७ प्रतिशत, आधार ब्याजदर ८.३२ प्रतिशत र कस्ट अफ फण्ड ६.०६ प्रतिशत छ । बैंकको खराब कर्जा २.८१ प्रतिशत छ भने सीडी रेसियो ६६.९६ प्रतिशत रहेको छ । 
 

Advertisement

Advertisement

Advertisement