राजश्व छली नियन्त्रणमा आक्रामकताः दशैंको मुखैमा साढे पाँच अर्बको मुद्दा

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत ल्याएर दीर्घराज मैनालीलाई त्यसको कमाण्ड सुम्पिए पछि राजश्व छल्नेहरुको सात्तो गएको छ । त्यसको पछिल्लो उदाहरण हो तीन दिनकै अवधीमा राजश्व छल्ने विभिन्न व्यवसायी विरुद्ध साढे पाँच अर्ब विगो दावीसहित मुद्धा दायर हुनु । २०७५ साल जेठ २७ गतेदेखि राजश्व अनुसन्धान विभागको नेतृत्वमा रहेका मैनालीले त्यसबिचमा राजश्व छलीका अरबौं मुद्धा अदालत पुर्याईसकेका छन् । 

असोज २५, २६ र २८ गतेको अवधीमा पाँच अर्ब ५४ करोड २१ लाख रुपैयाँ बराबरको बिगो दावी गरि मुद्धा दायर गरिएको छ । विभागले असोज २५ गते एक अर्ब ७१ करोड ५६ लाख रुपैयाँ विगो दावी गरेर न्युन बिजकीकरण, भ्याट छली तथा अर्काको नाममा कम्पनी खोली अनधिकृत कारोबार गर्नेहरु विरुद्ध मुद्धा हाल्यो । त्यसको भोली पल्टै अर्थात असोज २६ गते पुनः २ अर्ब ३९ करोड ५५ लाख रुपैयाँ बराबरको विगो दावी गरिएको मुद्धा दायर भयो । यसमा सुनचाँदीको अबैध कारोबारी तथा तस्करहरु सामेल थिए ।

असोज २८ गते आईपुग्दा विभागले पुनः एक अर्ब ४३ करोेड १० लाखको मुद्धा हाल्यो । जसमा भन्सार छल्ने, अवैध चोरी पैठारी गर्ने तथा विदेशी मुद्रा अपचलनका अभियुक्त छन् । 

Advertisement

कोरोना कालमा झनै सक्रिय, चाडबाडमा निगरानी बढाउँदै
विभागका महानिर्देशक मैनालीले कोरोना कालमा झनै सक्रियता पूर्वक काम गरेको बताए । कानुनले नै अनुसन्धान अधिकृत तोकेको ९ महिनाभित्र अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पठाउनुपर्ने व्यवस्था गरेको र सोही अनुसार कोरोना काल अवधिमा पनि पुरै समय काम गरिएको बताए ।

स्तै, व्यक्ति पक्राउ गरिएका घट्नामा भने ३ महिनाभित्र अनुसन्धान सकेर सरकारी वकिल समक्ष फाइल पठाउँदै आएको पनि बताए । ‘हामीले कोरोना कोरोना कालमा पनि पुरै समय कार्यालय खोलेर काम गर्यौं, अहिले चाडबाड आएको छ, आर्थिक गतिबिधी बढ्दा राजश्व चुहावट पनि बढ्छ नै, त्यसकारण हामी यतिबेला पनि थप सक्रियता बढाईरहेका छौं’, मैनालीले भने । 

को को परे फन्दामा ? 
विभागले भन्सार चोरी पैठारी गरेका मालवस्तुहरुको भुक्तानीका लागि गैरकानूनी रुपमा विदेशी मुद्रा अपचलन गर्ने जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई ८५ करोड ९५ लाख २२ हजार ७ सय २७ रुपियाँको बिगो दाबी सहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

त्यसैगरी भारतको मधुवनी जिल्ला जयनगर भेलुवाटोला १५ ठेगाना भएका भारतीय नागरिक विकासकुमार साह, धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ५ स्थित शिव ज्वेलर्सका प्रोप्राइटर निर्मलकुमार सिंघानिया समेत ३ जनाले सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजश्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको छ । राजश्व चुहावट गर्नेहरु विरुद्ध आजै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा ३५ करोड ५५ लाख १३ हजार ३ सय ३ रुपियाँ माग दाबी सहित मुद्दा दर्ता गरिएको हो । 

यता, वीरगञ्ज महानगरपालिका १० आदर्शनगर र काठमाडौँ सौल्टीमोड बसोबार गर्ने नक्कली नेपाली नागरिकता समेत बनाएका रजनिशकुमार गुप्ता र चितवन खैरहनी घर भएका राज थापा भन्ने राजेन्द्र थापा समेत ९ जनाले भारतीय ट्रकमा फल्स बटम(छुट्टै नदेखिने क्वाबिन कोठा) बनाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा १३ करोड ८३ लाख १ हजार ५ सय ५३ रुपियाँ माग दाबी सहित आज नै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । 

त्यस्तै, विभागले हाइटेक इन्टरनेशनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठले भन्सार बिन्दुबाट मालबस्तु पैठारी गर्दा यथार्थ कारोबार नदेखाई राजश्व चुहावट गरेको पाइएपछि उक्त बिगो असुल उपर गरी बिगोको ३ गुणासम्म जरिवाना र ३ वर्ष कैद सजायसमेत माग दाबी गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

त्यसैगरी, झुट्टा तथा नक्कली मूल्य अभिबृद्धी कर बिजक प्रयोग गरी राजश्व चुहावट गरेको कसुरमा विभिन्न फर्महरुका सञ्चालक, प्रोप्राइटर र मुख्य अभियुक्तहरु बिरुद्ध २३ करोड २२ लाख बिगो दाबी सहित उच्च अदालत पाटनमा २ वटा मुद्दा दायर गरेको छ । 

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका १ स्थित मनिष ट्रेडिङ कन्सर्नका मुख्य कारोबार किशोरी यादवसमेत ३ जनाबाट १३ करोड २५ लाख ८८ हजार २ सय ६३ रुपियाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । उक्त फर्मले निम्न आर्थिक अवस्था भएका विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरी वस्तु तथा सेवा एउटा आयात तथा खरिद देखाई अर्कै मालवस्तुको नक्कली बिजक मात्र बिक्री गरी मूल्य अभिबृद्धि कर र आय कर समेतको राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ । 

त्यसैगरी, झुट्टा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी राजश्व छली गर्ने बारा जिल्ला रामपुर टोकनी स्थित साहारा एण्ड खातुन ट्रेडर्सका प्रोप्राइटर कविरन खातुनबाट ९ करोड ९६ लाख ५४ हजार ७ सय ६१ रुपियाँ बिगो दाबी सहित उच्च अदालत पाटनमै मुद्दा दायर गरिएको छ । उता, भन्सार चोरी पैठारी गरेका मालवस्तुहरुको भुक्तानीका लागि गैरकानूनी रुपमा विदेशी मुद्रा अपचलन गर्ने जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई ८५ करोड ९५ लाख २२ हजार ७ सय २७ रुपियाँको बिगो दाबी सहितलाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । 

भारतको मधुवनी जिल्ला जयनगर भेलुवाटोला १५ ठेगाना भएका भारतीय नागरिक विकासकुमार साह, धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ५ स्थित शिव ज्वेलर्सका प्रोप्राइटर निर्मलकुमार सिंघानिया समेत ३ जनाले सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी राजश्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको थियो । राजश्व चुहावट गर्नेहरु विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा ३५ करोड ५५ लाख १३ हजार ३ सय ३ रुपियाँ माग दाबी सहित मुद्दा दर्ता गरिएको हो । 

वीरगञ्ज महानगरपालिका १० आदर्शनगर र काठमाडौँ सोल्टीमोड बसोबास गर्ने नक्कली नेपाली नागरिकता समेत बनाएका रजनिशकुमार गुप्ता र चितवन खैरहनी घर भएका राज थापा भन्ने राजेन्द्र थापा समेत ९ जनाले भारतीय ट्रकमा फल्स बटम(छुट्टै नदेखिने क्वाबिन कोठा) बनाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा १३ करोड ८३ लाख १ हजार ५ सय ५३ रुपियाँ माग दाबी सहित नै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ । 

ना ६ ख ५२५८ नम्बरको सिमेन्ट बोकेर आएको ट्रकमा बिना बिलबिजक भारतीय कपडाहरु लुकाईछिपाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावटको कसुर गरेको अभियोगमा उनै भारतीय नागरिक गुप्ता र चितवन खैरहनीका थापासमेत ५ जनालाई ७ करोड ७७ लाख ४८ हजार १ सय ७८ रुपियाँ माग दाबीसहित उच्च उदालत पाटनमा मुद्दा दायर गरेको हो । 
 

Advertisement

Advertisement