सहकारी पत्रकार समाजको साधारणसभा सम्पन्न, कर्पोरेट नेपालकर्मी सम्मानित

Advertisement

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १०औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । 

सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारणमा सहकारी क्षेत्रको भूमिका बढाउनुपर्ने उनको भनाइ छ । आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान दिएको कँडेलले बताए । 

Advertisement

जिल्ला सहकारी सङ्घ काठमाडौँका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराखिने बताए । 

कार्यक्रममा समाजले १०औँ वार्षिक साधारणसभाको अवसरमा कर्पोरेट नेपाल डटकमकर्मी तथा समाजका संस्थापक सचिव सीताराम विलासीलाई संस्थापक सम्मान तथा रातोपाटी डटकममा कार्यरत प्रयास श्रेष्ठलाई सीजेन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको थियो । 

वार्षिक साधारणसभाका अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा हित कोष स्थापना गरिएको छ । उक्त कोषले आगामी दिनमा सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै सदस्यको हितका लागि खर्च गर्ने लक्ष्य राखेको छ । 

जिल्ला सहकारी संघ काठमाडौँका अध्यक्ष ज्ञानबहादुर तामाङले उक्त कोषमा रु ५१ हजार ११९  सहयोग गरेका थिए । समाजमा सहकारी विषयमा कमल चलाउन ७० जनाभन्दा बढि पत्रकार सदस्य रहेको जनाइएको छ । 

Advertisement

Advertisement