प्रचण्डको ओलीलाई जवाफ– भगौडा म होइन्, तिमी हौ

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको एउटा प्रमाण दिन चुनौती दिएका छन् ।

बुधबार आफ्नो समूहको काठमाडौं कमिटीले गरेको कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘केपी ओलीले हामीले काम गर्न नदिएको आरोप लगाउनु भएको छ । केपीजी एउटा प्रमाण दिनुहोस्’, प्रचण्डले भने, ‘काम गर्न दिएनन् भनेर एउटा प्रमाण दिन चुनौती दिन्छु ।’  

Advertisement

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनले आँधी हुरी ल्याउने दाबी गर्दै उनले थपे, ‘अब केपी ओलीको नौटंकी र राजनीतिक जोकरपनको पछाडि कोही लाग्ने छैन ।’ आफूहरुलाई भगौडा भनेको प्रति प्रचण्डले आपत्ति जनाए । 

उनले भने, ‘हामीलाई भगौडा भन्नु भएछ  ७२ प्रतिशत केन्द्रीय समिति भगौडा ३० प्रतिशतसमेत नभएको चाहिँ रैथाने ?’, प्रचण्डले प्रश्न गर्दै भने ।

पार्टी बैठक गारौँ भनेर लाइन लागेर जाँदा बैठक नगर्ने ओली आफै भगौडा भएको तर्क गर्दै प्रचण्डले भने, ‘बैठक गरौँ भनेर लाइन लागेर जाँदा बैठकबाट भाग्ने उहाँ चाहिँ भगौडा नहुने,  हामी चाहिँ भगौडा हुने ? मानिसमा अलिअलि लाज पनि हुनुपर्ने नि !’ एक पटक ऐना हेर्न प्रचण्डले ओलीलाई सुझाव पनि दिए । 

उनले ‘एक पटक ऐनाको अगाडि राम्रोसँग आफ्नो अनुहार हेर्नु पर्दैन केपी ओलीले ? सबै साथीले छोडे पनि प्रचण्डलाई यत्तिसाह्रै खेद्नु पर्नेै कारण के पर्यो ?’ भन्दै ओलीले कुर्सी छोड्नुपर्छ भनेर संविधान नै भाँचेको आरोप लगाए ।

कमिलाको प्वाँख उम्रिएपछि सिद्धिने भन्दै प्रचण्डले अब ओलीको प्वाँख पलाएको बताए । उनले भने, ‘कमिलाको प्वाँख उमिएपछि सिद्धिन्छ भन्छन् । उहाँको पनि प्वाँख उम्रिएको छ । यो कुरा जनताले थाहा पाएका छन् ।’ 

Advertisement

Advertisement