उद्योग बाणिज्य महासंघले बनायो अनुशासन समिति, सभापति रविभक्त

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले अनुशासन समिति गठन गरेको छ । महासंघले आफ्नो पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा यो समिति बनाएको हो । 

महासंघको विधानको दफा ३८ (क)मा यस्तो समिति बनाउन सकिने व्यवस्था छ । समितिको उपसभापतिमा अर्का पूर्वअध्यक्ष कुशकुमार जोशी  छन् भने सदस्यमा महासंघका विशिष्ट सदस्य पशुपति मुरारका कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसियट्सका अध्यक्ष गान्धि पण्डित रहेका छन् । 

Advertisement

समितिको सल्लाहकारमा महांघका पूर्वअध्यक्ष महेशलाल प्रधान रहेको जनाइएको छ । 

Advertisement

Advertisement