हल्ट प्राइज फाउण्डेशनले पहिलो पटक नेपालमा ‘इम्प्याक्ट समिट’ गर्दै, बिजेता टिम लण्डन जाने

Advertisement

काठमाडौं । हरेक बर्ष हल्ट प्राइज फाउण्डेशनले आयोजना गर्दै आएको ‘इम्प्याक्ट समिट’ नेपालमा पहिलो पटक आयोजना हुने भएको छ । विद्यार्थीहरूको नोवेल प्राइजको रुपमा चिनिने हल्ट प्राइज वितरण हुने यस सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । 

फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गरी यस कार्यक्रमबारे जानकारी दियो । सम्मेलन यही बैशाख १३ र १४ गते ललितपुरको सातदोबाटोस्थित एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट –एआईटीएम)मा आयोजना हुँदैछ । कार्यक्रममा ९० वटा अनक्याम्पस बिजेता समूहले प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

Advertisement

फाउण्डेशनका अनुुसार हल्ट इन्टरनेशनल बिजनेश स्कुल, क्लिनटन ग्लोबल इनिसियटिभ, संयुक्त राष्ट्र संघ र एडुकेसन फष्टसँगको सहकार्यमा विभिन्न मुलुकमा यस किसिमको सम्मेलन आयोजना हुँदै आएकोमा नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो । 

यो सम्मेलनमा दिगो विकासको लक्ष्यलाई मध्यनगर गर्दै विद्यार्थीमा सोसल च्यालेन्ज थिङकिङबारे एउटा विषय घोषणा गरिन्छ । सो विषयमा रहेर विद्यार्थीहरूले आफ्नो व्यवसायको रुप देखाई एक मिलियन डलरको पुरस्कारको लागि प्रस्तुती देखाउँछन् । हल्ट प्राइज चार चरण पूरा गरी सम्पन्न हुन्छ । 

कार्यक्रमको सुरुवात अनक्याम्पसबाट सुरु हुन्छ, जसमा स्नातक वा सोभन्दा माथि अध्ययनरत विद्यार्थीले तीनदेखि चार जनाको समूह बनाई प्रतिस्पर्धा गर्छन् । हरेक अनक्याम्पसको विजेताले इम्प्याक्ट समिटमा प्रतिस्पर्धा गर्नेछन् । हरेक अनक्याम्पसको बिजेताले एसिलियटरमा प्रतिस्पर्धा गर्नेछन् । एसिलियटर दुई चरणमा हुने र पहिलो एसिलियटर भर्चुअल हुने र अर्को विश्वप्रसिद्ध चलचित्र ह्यारी पोर्टरको निर्देशन भएको महल एन्ड्रिज क्यासलमा हुने जनाइएको छ । 

एसिलिटरबाट उत्कृष्ट छ टिमको छनौट हुने गर्दछ जसले राष्ट्र संघको न्युयोर्कस्थित मुख्यालयमा हुने फाइनलमा प्रतिस्पर्धा गर्छन् । फाइनलमा बिजेता हुने एक टिमले आफ्नो व्यवसायको स्तरवृद्धिको लागि एक मिलियन डलर बराबरको फण्डिङ पुरस्कारस्वरुप प्राप्त गर्छ । 

विश्वकै ठूलो सामाजिक उद्यमशीलताको यस पटकको कार्यक्रममा १२१ देशका तनि हजारभन्दा बढि विश्वविद्यालयका विद्यार्थीको सहभागिता रहने छ । 

यसबाहेक हल्ट प्राइजले विद्यार्थीहरूलाई उद्यमशीलता, नेतृत्व विकासलगायत विभिन्न विषयमा निःशुलक तालिम तथा प्रशिक्षण पनि प्रदान गर्दै आएको फाउण्डेशनले जनाएको छ । यसले उदयमान व्यवसायीलाई लगानीकर्तासँग तालमेल गराइदिने पनि काम गर्छ । 

नेपालमा हल्ट प्राइजको इतिहास पाँच बर्ष पूरानो रहेको छ । सन् २०१६ मा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस र काठमाडौं विश्वविद्यालयले भित्राएका थिए । सो बर्षको काठमाडौं विश्वविद्यालयको अनक्याम्पस कार्यक्रम विश्वकै उत्कृष्ट १० अनक्याम्पस कार्यक्रममा पर्न सफल भएको थियो । 

अर्को बर्ष त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट यस कार्यक्रममा प्रवेश गर्यो भने चौंथो बर्ष प्रवेश गर्दा हल्ट प्राइजको नेपालमा १० वटा अनक्याम्पस कार्यक्रम भएको थियो । सन् २०२०–२१  म यो संख्या बढेर ६३ सम्म पुगेको छ । नेपालमा हुने इम्प्याक्ट समिटको बिजेताले लण्डनमा हुने एसिलियटर राउण्डमा भाग लिनेछ । 

Advertisement

Advertisement