सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् रिजल्ट

Advertisement

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरेको हो । 

यसमा दूई लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढि आवेदन दिएका चार जनालाई १–१ कित्ताका दरले थप गरिएको बिक्री प्रबन्धक सनराईज क्यापिटलले जानकारी दिएको छ । 
 
आइपीओमा आवेदन दिएका कुल १६ लाख ८५ हजार ६२७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । चार हजार ४४२ जना आवेदकको आवेदन भने अयोग्य ठहरिएको  क्यापिटलको भनाई छ । 

Advertisement

सीईडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो । 

कम्पनीको रिजल्ट बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिन्छ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ । 

Advertisement

Advertisement