थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी, हरेक देशमा सातामा दुई वटासम्म उडान प्रस्ताव

Advertisement

काठमाडौं । थप अन्तर्राष्ट्रिय उडान खोल्ने विषयमा सरकारले तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी साताबाट सबै अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा दुई वटासम्म नियमित उडान खुला गर्ने विषयमा आवश्यक गृहकार्य थालेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख बुद्धिसागर लामिछानेका अनुसार नेपालमा हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा कम्तिमा सातामा एक देखि दुईवटासम्म उडान गर्ने प्रस्ताव गरिएको छ ।’ उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्रै उडान तालिका स्वीकृत गरेर सम्बन्धित वायुसेवालाई उडान खुला गर्न दिइने जानकारी लामिछानेले दिए ।

Advertisement

लामिछानेका अनुसार पर्यटन मन्त्रालयले गरेको प्रस्ताव अनुसार नै मन्त्रिपरिषद्बाट निर्णय आउने अनुमान गरिएको छ । यसका लागि आगामी सोमबारसम्ममा निर्णय आइसक्ने अनुमान गरिएको लामिछानेले बताए । उनका अनुसार हाल कतार, भारत र टर्कीमा मात्रै सिमित अन्तर्राष्ट्रिय उडानको अनुमति छ । संयुक्त अरब इमिरेट्स (युएई)सहितको मुलुकमा उडान खोल्ने विषयमा मन्त्रिपरिषद्बाटै निर्णय आउनुपर्ने भएकोले पर्यटनले गरेको प्रस्ताव अनुसार नै निर्णय आउने बुझाइ पनि लामिछानेको छ ।

सरकारले कोरोना संक्रमण न्यूनीकरण तथा रोकथामका लागि १६ वैशाखपछि उपत्यकासहितका देशभर निषेधाज्ञा लगाएको छ । यस्तो निषेधाज्ञासँगै २० वैशाखबाट आन्तरिक र २३ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान  खुला बन्द गरेको थियो । भारतमा सातामा दुईवटा उडान भने निषेधाज्ञामा पनि जारी थियो । टर्की र कतारमा भने २० जेठदेखि मात्रै सातामा दुईवटासम्म नियमित उडान खुला गरिएको छ ।

थप गन्तव्यका मुलुकमा पनि नियमित उडान खुला गर्नुपर्ने दबाब आइरहेको छ भने नेपालबाट बाहिरी र भित्रनै यात्रुका लागि कम्तिमा सातामा एक उडान भएपनि आवश्यक भएको महशुस गरिएको पनि पर्यटन मन्त्रालयका अधिकारी बताउँछन् । 
 

Advertisement

Advertisement