मैलुङ खोला जलविद्युतले ७ करोड ३६ लाखको आईपीओ निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति

Advertisement

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपियाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हिजो बुधबार आईपीओ निष्काशनको अनुमति पाएको हो । शेयर निष्काशनका लागि कम्पनीले यसअघि नै सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

मैलुङ खोला जलविद्युत कम्पनीको सर्वसाधारणमा शेयर जारी गर्न २०७४ माघ १८ गते बोर्डमा आईपीओ जारी गर्न अनुमति माग्दै निवेदन दर्ता गराएको थियो भने लामो समयसम्म अनुमति पाउन सकेको थिएन ।

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपि ग्रेड ५’ दिएको छ । यो खराब रेटिङ हो । उक्त कम्पनीले २०७४ बैशाखमा नै स्थानीय बासिन्दाको लागि ३ लाख ६८ हजार १ सय ४३ कित्ता शेयर बिक्री गरेको थियो । 

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपियाँ रहेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनीको आयोजना रसुवा जिल्लाको डाँडागाउँमा छ ।

Advertisement

Advertisement