आन्दोलनरत लगानीकर्ताका नेता र अर्थमन्त्रीबीच भेटवार्ता, कुरा मिलेन, भोलि फेरि छलफल गरिने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको सेयर धितो कर्जाको सीमाको विरोधमा आन्दोलन गर्दै आएका लगानीकर्ताका नेता र अर्थमन्त्री जनार्दन शर्माबीच सोमबार भेटवार्ता भए पनि कुरा मिल्न सकेन् । 

राष्ट्र बैंकको नीतिको विरोध गर्न गठित पुँजी बजार सुधार संघर्ष समितिले अर्थमन्त्रालय पुगेर शर्मासँग भेट गरेको हो । आज सेयर बजारको बारेमा विस्तृत कुरा हुन नपाएको भन्दै सहभागीले भोलि मंगलबार दिउसो फेरि छलफल गर्ने कुरा भएको जानकारी दिएका छन् । 

Advertisement

समितिको मागप्रति अर्थमन्त्री सकारात्मक रहेको उनीहरूको जिकिर छ । समितिले आजै नेपाल धितोपत्र बोर्डका प्रतिनिधिसँग पनि छलफल गरेको छ । 

Advertisement

Advertisement