साहस उर्जाको ७० लाख कित्ता आईपीओ असोज ६ गतेदेखि, कति कित्ता भर्ने ?

Advertisement

काठमाडौं । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले कुल ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फण्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्तां) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । 

Advertisement

बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

तर हाल आईपीओमा २४ लाखले आवेदन दिने गरेका छन् । तसर्थः उक्त कम्पनीले सर्वसाधारणका लागि छ्ट्याएको ६४ लाख ४० हजार कित्ता सेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् । त्यसकारण लगानीकर्ताहरुले १० कित्ताका लागि मात्र आवेदन दिंदा उपयुक्त हुने देखिन्छ ।   

यस कम्पनीले साउन २९ गते देखि भदौ ११ गतेसम्म सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । 

साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।सर्वसाधारणलाई आईपीओ बिक्रीपछि कम्पनीको कूल सेयर पूँजी ३ अर्ब ५० करोड रुपियाँ पुग्नेछ । 

Advertisement

Advertisement