लक्ष्मी ल्यूबले गर्यो टोटल इनर्जीको रिटेलर र मेकानिक भेला

Advertisement

काठमाडौँ । लक्ष्मी ल्यूब आयल प्रालिले मंगलबार काठमाडौंमा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ को आयोजना गरेको छ । कार्यक्रममा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससंग अन्तक्रिया गरिएको हो । 

महाराजगंजदेखि कलंकी क्षेत्रका लागि टोटल इनर्जीका विक्रेता सुनकोशी ईन्टरप्राइजेज प्रालि र लक्ष्मी ल्युव आयल प्रालिको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

Advertisement

सुनकोशी ईन्टरप्राइजेज प्रालिका म्यानेजिङ डाइरेक्टर रामशरण कार्कीको अध्यक्ष्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि तथा अटोकम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल शिवाकोटी,  प्रमूख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र लक्ष्मी ल्युव आयल प्रालिका विजनेस हेड रविन्द्र उपाध्याय अतिथिको रुपमा थिए । 

उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित बिभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरुको बारेमा जानकारी पनि दिईएको थियो । सन् २०२२ का लागि रिटेलर्स स्किम पनि सार्बजनिक गरिएको थियो ।

लक्ष्मी ग्रुप नेपालको एउटा स्थापित ट्रेडिङ्ग कम्पनी हो जसको स्थापना सन् १९७३ मा भएको हो । लक्ष्मी गु्रप अटोमोटिभ्स डिभिजन हुन्डाई, बि.एम.डब्ल्यू, एसएमएल ईसुजु, हिड्रोमेक, हिरो ईलेक्ट्रिक, टाटा ग्रीन ब्याट्रिज, ट्रायङ्गल टायर र टोटल इनर्जिज जस्ता लोकप्रिय ब्राण्डको नेपालका लागि आधिकारीक विक्रेताको रुपमा रहेको छ ।

लक्ष्मी ल्युव आयलले विगत ३ वर्ष देखि टोटल इनर्जिज (लुब्रिकेन्ट) को आधिकारीक विक्रेताको रुपमा आफ्नो ब्यवसायको संचालन गरिरहेको छ । जसमा मोटरसाइकल, पेसेन्जर कार, बस/ ट्रक/टिपर, ट्राक्टर, ग्रीज र ईन्डष्ट्रियल गरि ६ वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साईज उपलब्ध छन् । यो विश्वको विश्वसनिय ब्राण्ड मध्ये एक ब्राण्ड हो । यसको प्रोडक्ट्सन प्लाण्ट विश्वभरी ४२ वटा देशमा रहेका छन् साथै १६० भन्दा बढि देशहरुमा बिक्री वितरण हुने गरेको छ । 
 

Advertisement

Advertisement