अभिकर्ताहरुको मनोबल उच्च राख्न आईएमई लाइफद्वारा उपहार योजना आयोजना

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरुका.मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । 

गत पुस महिनामा लागू गरेको मासिक योजना अन्र्तगतको सम्पूर्ण कुपन बिजेताहरुलाई सहभागी गरिएको थियो । यही असोज १६ गते कम्पनीको केन्द्रिय कार्यालयबाट आयोजित कार्यक्रममा जुम मीट मार्फत प्रत्यक्ष प्रसारण गरी देशभरिका अभिकर्ता, ग्राहक र कर्मचारीको उपस्थितिमा बिजेताको नाम घोषणा गरेको हो ।

Advertisement

उक्त योजना अन्तर्गत १५ जनालाई सान्त्वना पुरस्कारमा विद्युतीय हिटर, तेश्रो पुरस्कारमा ५ ग्राम सुन, दोश्रो पुरस्कार आई फोन १३ र प्रथम पुरस्कार अन्तर्गत १२५सीसीको हिरो मोटरसाइकल एक जनालाई प्रदान गरेको छ । 

साथै आगामी दिनमा पनि अभिकर्ताको मनोबल उच्च राख्न र काममा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ । 
 

Advertisement

Advertisement